Logo

देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा छ: कोइराला



काठमाडौँ, २ भाद्र । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको बताएका छन् ।

नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा नेता कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा रहेको बताएका हुन् ।

“नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको साख गिरेको छ,” कोइरालाले भने, “कुनै पनि काण्ड आउँछ, त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ ।”

उनले सरकारका गतिविधिले जनतामा जान समेत अफ्ठ्यारो परेको बताए । कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजिवीहरुले आस मारेको भएर पनि देशमा थप समस्या देखिँदै गएको बताए ।

देश अझै पनि बनाउन सकिने भन्दै कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजिवीहरुसँग आग्रह गरे । अहिलेको देशको अवस्था भने ठिक नभएको उनको भनाइ थियो ।

“नत हामी ठिक भयौँ, न काम गर्ने शैली । जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ,” कोइरालाले भने ।

प्रतिक्रिया दिनुहोस्