Logo

देश विकासकाे माेडालिटी भाैगाेलिक अवस्थितिकाे अध्ययन गरेरमात्रै बनाउनुपर्छ: प्रधानमन्त्री



काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनु जरुरी देखिएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले बर्खायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नका लागि देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।

प्रधानमन्त्रीले सरकार र पालिकाले देशको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरि विकास मोडालिटी बनाउँदा बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताएका हुन् ।

उनले भने, ‘नेपालको विकासको मोडालिटीको बारेमा भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीररूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो रोकथाममा सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेरमात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्