Logo

देश विकासको खाका बनाएर अघि बढौँ: अध्यक्ष नेपाल



जनकपुरधाम, ८ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताएका छन् ।

सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रमलाई जनकपुरधाममा सम्बोधन गर्दै नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि देश विकासको खाका बनाउन पटक-पटक आग्रह गरेको बताएका हुन् ।

नेपालले सबै बुद्धिजीवी, अनुभव प्राप्त व्यक्तिहरूसँग बसेर देश निर्माणको खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले देशभरका सडकहरु खाल्डाखुल्डी रहित हुनुपर्ने बताएका छन् ।

उनले चुरेमा बस्ती बसिरहेको, अतिक्रमण भइरहेको र सडक निर्माणले चुरे मासिँदै गएकाले सबैले ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्