काठमाडौँ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
एमालेको तनहुँ-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण सम्भव नभएको दाबी गरेका हुन् ।
उनले देश विकासको नेतृत्व एमालेबाट मात्रै सम्भव हुने जिकिर गरेका थिए ।
समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ।’ अवसरवादका लागि एमाले फुटाएको आरोपसमेत लगाए ।







