काठमाडौँ, ९ असोज । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन् ।
एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको बताउँदै उनले आफूहरूले देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताए ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले एमालेले मात्र नागरिकता विषयमा राष्ट्रिय सहमतिको आधार तयार गरेर सामाधान गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले प्रगतिशील शक्ति एक ठाउँमा आएर बलियो शक्ति निर्माण आवश्यक रहेको भनाइ राखेका थिए ।







