Logo

दैलेखमा बस दुर्घटना: तीन जनाको मृत्यु



दैलेख, १२ जेष्ठ । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिसकोट नगरपालिका-२ सिस्नेमा दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ ।

म १ ख ६६० नम्बरको बस आठबिसकोटको सिस्ने भन्ने ठाउँको सडकबाट कर्णाली नदीमा खसेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये ३८ जनालाई सुर्खेत रेफर गरिएको र नौ जनाको स्थानीय स्वास्थ्य चौकीमा पठाएको दैलेखका प्रजिअ हरि प्याकुरेलले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्