झापा, २६ असार । द्रोणाचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा रवीन कोइराला चयन भएका छन् । प्रतिष्ठानको शनिबार चन्द्रगढीमा भएको दोस्रो अधिवेशनले कोइरालाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
तीन वर्षका लागि समितिको उपाध्यक्षमा चन्द्रामाया श्रेष्ठ, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा लोकनाथ भट्टराई, कोषाध्यक्षमा दुर्गाप्रसाद भट्टराईलाई चयन गरिएको निर्वाचन समितिका संयोजक सन्तोष आचार्यले बताउनुभयो ।
उनका अनुसार प्रतिष्ठानका सदस्यहरूमा वसन्त बानियाँ, पबित्रा महतारा, देवराज कार्की, लक्ष्मीप्रसाद गुरागाईँ, पुरुषोत्तम अधिकारी, गणेश बस्नेत, खिलानाथ पाण्डे र अनुज खतिवडालाई चयन गरिएको छ ।
कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नि खरेल, जिल्ला कमिटी अध्यक्ष दीपक कार्की, प्रदेश कमिटी सदस्य शुभलक्ष्मीलगायतले द्रोणाचार्य क्षेत्रीले नेपाली राजनीतिमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।







