Logo

दोलखामा पहिरो: चारवटा घर बगायो



दोलखा, १० भाद्र । दोलखाको विगु गाउँपालिका-३ मा पहिरोले चार वटा घर बगाएको छ ।

शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बरप्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ ।

पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए । पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ ।

पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

प्रतिक्रिया दिनुहोस्