दोलखा, १० भाद्र । दोलखाको विगु गाउँपालिका-३ मा पहिरोले चार वटा घर बगाएको छ ।
शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बरप्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ ।
पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए । पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ ।
पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् ।







