Logo

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै



दोलखा, १७ मङ्सिर । दोलखामा प्रारम्भिक मत गणनाअनुसार गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीको अग्रता कायमै रहेको छ ।

गए राती ३ बजेसम्म १७ हजार २७२ मत गणना गर्दा नेकपा माओवादीका कार्कीको सात सयको मतान्तरले अग्रता कायमै रहेको छ । कार्कीले सात हजार ९९५ ल्याउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले सात हजार २९५ मतले पछ्याइरहेका छन् भने घण्टीका जगदीश खरेलले ६६२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी प्रदेश सभा २ मा १६ हजार २०५ मत गन्दा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीलाई ५० मतले उछिनेर नेपाली काँग्रेसका बर्मा लामाले अग्रता कायम गरेका छन् ।

लामाले आठ २०५ हजार ल्याएका छन् भने नेकपा एमालेका केसीले आठ हजार २५५ प्राप्त गरेका छन् । प्रदेश १ मा १६ हजार २८६ मत गन्दा नेपाली काँग्रेसका कुन्दनराज काफ्ले ९९६ मतान्तरले अग्रता लिएका छन् । काफलेले सात हजार ६६५ र एमालेका नरबहादुर श्रेष्ठले छ हजार ६६९ पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्