Logo

दोस्रो एकदिवसीय क्रिकेटमा भारत विजयी



भारत , २४ असोज । दक्षिण अफ्रिकासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ ।

राँचीमा गएरााति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको हो । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले १-१ को बराबरी बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय ७९ रनको लक्ष्य भारतले ४५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐयरले १ सय १३ रनको शतकीय पारी खेले भने इशान किशनले ९३ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, सञ्जु सामसनले ३०, शुभमन गिलले २८ र शिखर धवनले १३ रन बनाए । दक्षिण अफ्रिकाका बोर्न फोर्टुन, वायन प्रनिल र कागिसो राबडाले समान १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि एडम मार्क्रमले ७९ र रिजा हेनरिकले ७४ रनको अर्धशतकीय पारी खेले । यस्तै, डेबिड मिलरले अविजित ३५, हेन्रिच क्लासेनले ३०, जानेमन मालनले २५ र वायन प्रनिलले १६ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए भने वासिङ्गटन सुन्दर, शाहबाज अहमद, कुलदीप यादव र शार्दुल ठाकुरले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्