काठमाडौं, २८ साउन । डेवाल्ड ब्रेभिसको एक सय २५ रनको उत्कृष्ट प्रदर्शनमा दक्षिण अफ्रिकाले दोस्रो टी–२० क्रिकेटमा अष्ट्रेलियालाई ५३ रनले हराएको छ ।
जीतका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ६५ रनमा समेटियो ।
योसँगै अष्ट्रेलियाको टी–२० अन्तराष्ट्रिय खेलमा ९ खेलको जीतको शृङ्खला पनि तोडिएको छ ।
डार्विनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।
तीन खेलको शृङ्खलामा एक/एकको बराबरी भएको छ । पहिलो खेल अष्ट्रेलियाले १७ रनले जितेको थियो । यी दुई देशबीचको तेस्रो तथा अन्तिम निर्णायक खेल शनिवार हुनेछ ।