Logo

दोहोरिएका उम्मेदवार पराजित



दैलेख, ४ जेष्ठ । २०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ ।

हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो । गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्‍याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्‍यो ।

दैलेखमै नयाँ अनुहारलाई उम्मेदवार बनाएको ठाउँमा भने काँग्रेस विजयी भएको छ । दैलेखका ११ पालिकामध्ये नौ पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । अघिल्लो निर्वाचनमा जितेका तीन पालिका गुमाएको काँग्रेसले नयाँ चारपालिकामा जित हात पारेको छ । महाबु, ठाँटीकाँध, भैरवी गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकामा काँग्रेस विजयी भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्