काठमाडौँ, ४ साउन । काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८र०७९ सम्ममा २१.२0 प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२0 प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ ।
गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आर्थिक वर्षका लागि भने ३0 अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २0७७/0७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएको थियो । सुरुङ मार्गको प्याकेज १ र २ को सर्भे फिल्ड इन्भेस्टिगेसन डिजाइन तथा ड्रइङ कार्य सम्पन्न गरी निर्माण कार्य प्रारम्भ भएको जनाइएको छ ।
त्यस्तै, द्रुतमार्ग खण्ड प्याकेज ३,४ र ५ राजदमार(निजगढ खण्ड)को बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरिएको छ । साथै ६, ७ खण्डको लेनडाँडा(राजदमार) तथा प्याकेज ८ को बोलपत्र आह्वान मूल्याङ्कन कार्य सम्पन्न गरी ठेक्का सम्झौता गर्ने र मोबिलाइजेसनसहितको निर्माण कार्य प्रारम्भ गर्ने सेनाले बताएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।







