भारत, ६ साउन । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन् ।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन् ।
मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाएका हुन् ।
उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बनेकी बीबीसी हिन्दीले जनाएको छ । उनको जन्म सन् १९५८ को जुन २० मा ओडिशाको मयुरभञ्ज जिल्लाको उपरबेडा गाउँमा भएको थियो ।