युक्रेन, १६ जेष्ठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खार्किभको द्वन्द्वग्रस्त क्षेत्रमा पुगेका छन् ।
त्यहाँ पुगेर उनले रुसी फौजविरुद्ध अग्रपंक्तिमा लडिरहेका सैनिकहरुसँग भेट गरेका छन् । फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीको राजधानी किभबाहिरको पहिलो भ्रमण हो ।
जेलेन्स्की बुलेट फ्रुफ टिसर्टसहित खार्किभका भग्नावशेषमा परिणत भएका भवनहरु अगाडि पुगेका तस्बिर सार्वजनिक भएका छन् ।
अग्रपंक्तिका सैनिकलाई सेवाको लागि धन्यवाद दिएका जेलेन्स्कीले त्यहाँबाट फर्किएपछि सहरको रक्षा नगरेको भन्दै खार्किभका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् ।
रुसी सेनाले खार्किभका अधिकांश ठूला भवनमा रकेट र मिसाइल आक्रमण गरी ध्वस्त बनाएको छ । रुसी सेनाले बीचमा केही समय आक्रमण गर्न छोडेपछि विस्थापित भएका स्थानीयवासी पुनः खार्किभ फर्किन थालेका थिए । तर पछिल्ला केही दिनयता रुसी सेनाले सबैजसो सहरमा तीव्र आक्रमण गरिरहेको छ ।