Logo

धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते



धनकुटा, ८ वैशाख । काठमाडौँबाट संखुवासभाको लागि छुटेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति माइक्रोबस सडकबाट तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घाइतेमध्ये ९ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी चौधरीले वताउनु भयो ।

दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहको नेतृत्वमा प्रहरी टोली घाइतेको उद्धारमा खटिएको छ।

प्रतिक्रिया दिनुहोस्