धनगढी, २ मंसिर । धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा गए राति १ बजे भीषण आगलागी हुँदा अस्पतालसहित आठ वटा पसलमा क्षति भएको छ ।
अस्पताल नजिकको भण्डारी जनरल स्टोर (जुत्ता पसल) को गोदामबाट सुरु भएको आगलागी अन्य पसल र अस्पतालमा सल्केर क्षति भएको हो । आगलागीबाट भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर, मधुमाला देवी सप, भट्ट सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ्उ सेन्टर, न्यु सदिक्षा ईन्टरप्राईजेजी, भण्डारी सु –सेन्टर, सारथि अस्पताल कैलाली र भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा आगलागी भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयले धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् ।







