धनगढी , ३१ वैशाख । धनगढी उपमहानगरपालिकामा मत गणना भइरहेको छ । अहिलेसम्म एक सय मतको गणना भएको छ ।
मेयर पदका उम्मेदवारमा स्वतन्त्रका गोपाल हमाल ५५ मतका साथ अगाडि छन् । यस्तै पूर्व मेयर तथा कांग्रेसका उम्मेद्वार नृप बहादुर वड (गठबन्धन) २२ मतका साथ हमाललाई पछ्याइरहेका छन् ।
नेकपा एमालेबाटका उम्मेदवार रणबहादुर चन्दले अहिलेसम्म २ मत प्राप्त गरेका छन् ।