Logo

धनीराम चौधरी राप्रपामा प्रवेश, रुपन्देही–१ मा चुनावी समीकरण फेरिने संकेत



रुपन्देही, ९ फागुन । ०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका नेता धनीराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। उनलाई चुनावी अभियानका क्रममा रुपन्देही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले औपचारिक रूपमा स्वागत गरेका हुन्।

गत प्रतिनिधिसभा निर्वाचनमा चौधरीले रुपन्देही क्षेत्र नं १ बाट ‘ढकिया’ चुनाव चिन्ह लिएर १३ हजार ९९२ सदर मत प्राप्त गरेका थिए। उनको प्रवेशसँगै सो क्षेत्रमा राप्रपाको चुनावी समीकरण बलियो बन्ने आकलन गरिएको छ।

राप्रपाले यस क्षेत्रबाट प्रज्वल बोहोरा उम्मेदवार बनाएको छ। प्रज्वल दिवंगत नेता दिपक बोहोराका सुपुत्र हुन्। पार्टीले चौधरीको साथले मत विभाजन रोकिने र विजयको सम्भावना अझ बलियो हुने विश्वास व्यक्त गरेको छ।

रुपन्देही–१ मा यसपटक मुख्य प्रतिस्पर्धा कडा हुने अनुमान गरिए पनि नयाँ राजनीतिक समीकरणले परिणाममा प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्