धनुषा, ६ पुस । धनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । गएराति सुगानिकास गाउँमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपा मण्डल घाइते भएकी थिइन् ।
त्यसपछि प्रहरी आई घाइते मण्डललाई पक्राउ गरी कुटपिट गरेको र प्रहरीकै कुटाइबाट उनको मृत्यु भएको स्थानीयको आरोप छ । इलाका प्रहरी कार्यालय सुगा निकासमा जम्मा भएको भीड आक्रोशित स्थानीयहरूले बिहानै प्रहरी चौकी घेर्दै नाराबाजी गर्न थालेका थिए ।
यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाइ फायर र रब्बरको गोली पनि प्रहार गरेको थियो । प्रहरीको गोली लागेर तीन जना घाइते भएको स्थानीयले जनाएका छन् । आक्रोशित भीडले प्रहरीको गाडीमा आगजनी गरेका छन् ।






