धनुषा, १० पुस । धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-२ का धानुक दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गोली लागेर घाइते भएका ४० वर्षीय दासको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाइ छ । गोली चलाउनेको खोजी भइरहेको छ ।






