धनुषा, १४ माघ । धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर-७ का २८ वर्षीय रोशन महतो रहेका मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मिथिला नगरपालिका-२ नकटाझिझ चोकबाट उनलाई पक्राउ गरेको हो ।
महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल एक थान, गोली दुई राउण्ड लोड गरिएको र एक थान म्याग्जीन बरामद गरिएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।






