धनुषा, २६ मंसिर । धनुषाको बटेश्वर गाउँपालिकामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ ।
बटेश्वर-५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।
गएराति धारिलो हतियार प्रहार गरी यादवको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आशंकामा श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डीएसपी क्षेत्रीले जानकारी दिए ।
गम्भीर घाइते भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्याएका थिए । अस्पताल पुग्नु अघि नै रितादेवीको मृत्यु भइसकेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले बताए ।






