धनुषा, २४ वैशाख । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।
सबैला नगरपालिका- ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना भएको हो।
दुर्घटनामा सोही ठाउँ बस्ने माेटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलकाे पछाडि सवार धनुषाकै विदेह नगरपालिका – ७ जोगियारा बस्ने १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।