Logo

धरानका स्वतन्त्र उम्मेदवार राई २ हजारभन्दा बढी मतले अगाडि



सुनसरी, ७ जेष्ठ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् ।शनिबार बिहान ६ बजेसम्मको मतपरिणाम अनुसार उनले १३ हजार ६३१ मत पाएका छन् । उनी कांग्रेसका उम्मेदवारभन्दा २ हजार ६४ मतले र एमालेका उम्मेदवार भन्दा ४ हजार १८८ मत अन्तरले अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीको पक्षमा ९ हजार ४४३ मत परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्