Logo

धरान उप-महानगरपालिकामा हर्कको अग्रता कायमै



सुनसरी, ५ जेष्ठ । सुनसरीको धरान उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गरेका छन्  ।

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवार साङपाङले किशोर राईसँग १ सय ९१ मतको मतान्तर कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार साङपाङले ८ हजार ६ सय ६ मत ल्याउँदा काँग्रेसका राईले ८ हजार ४ सय १५ मत ल्याएका छन् ।

२०७४ सालको चुनावमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा पुगेको छ ।

एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ८ सय ९८ मत ल्याएकी छन् । उपमेयरमा भने माओवादीका अइन्द्र बिक्रम बेघा ९ हजार ५ सय २० मतसहित अगाडि छन् । एमालेका पदमप्रसाद लिम्बुले ९ हजार १ सय ६२ मतले ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्