काठमाण्डौ, ८ फागुन । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले क्रिस्चियन धर्मको प्रचार गरेको भन्दै टिकाटिप्पणी भइरहेका छन् ।
यूएसएडबाट पैसा लिएर क्रिश्चियन धर्मको प्रचार गरेको आरोप उहाहरूमाथि लागेको हो । यसैबीच महजोडीले आरोपको खण्डन गर्नुभएको छ । उहाहरूले संयुक्त रूपमा आफूहरूले कुनै पनि धर्मको प्रचार वा विरोध नगरेको स्पष्ट पार्नुभएको हो ।
उहाहरूले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै विश्वास नगरिदिन आग्रह पनि गर्नुभएको छ। हितैषीहरूबाटै आरोप लाग्दा चित्त दुखेको महजोडीले बताउनुभयो ।