Logo

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश



काठमाडौं, २ असार। जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले सोमबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

राजावादीहरूले गत चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले महामन्त्री राणासहितलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

यसअघि उनी हाजिरी जमानीमा रिहा भए पनि अदालतमा उपस्थित भएका थिएनन् । राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्