Logo

धादिङबाट ३४ किलो चरेससहित तामाङ पक्राउ



धादिङ, ११ माघ । धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान धादिङ गजुरी गाउँपालिका-८ किरान चोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्