धादिङ, ३० वैशाख । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ ।
नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौँ जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी-९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको प्रहरीले जनाएको छ।
बसको इञ्जिनबाट धुवाँ आउनेबित्तिकै यात्रुलाई बाहिर निकालिएको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जानकारी दिएको छ । बसमा रहेका ३३ जना यात्रु सुरक्षित रहेका छन् ।
दमकल र स्थानीयवासीले आगाे निभाए पनि बस भने जलेर काम नलाग्ने अवस्थामा पुगेको छ ।







