Logo

धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर



मलेखु, ५ फागुन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।

प्रतिक्रिया दिनुहोस्