Logo

धादिङमा भिरबाट लडेर आमा-छोराकाे ज्यान गयो



धादिङ, १६ जेठ । धादिङमा भिरबाट लडेर आमा-छोराकाे ज्यान गएकाे छ ।

धादिङकाे बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार हिजाे घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् ।

दुवै जनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्