धादिङ, २६ मंसिर । धादिङमा आइतवार राति एक दम्पतीको हत्या भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका-३ आहालेमा आफ्नै घरमा सुतिरहेको अवस्थामा ६२ वर्षका विष्णुबहादुर आलेमगर र उनकी ६० वर्षीया श्रीमती निरमायाको विभत्स हत्या भएको हो ।
उनीहरूको शव ठाउँ-ठाउँमा धारिलो हतियारले प्रहार गरेर क्षतविक्षत बनाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिए । स्थानीयवासीले घटनाको बारेमा खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।
आलेमगर दम्पतीको घर एकान्तमा भएकाले घटना हुँदा कसैलाई जानकारी नभएको स्थानीयवासीले बताएका छन् ।






