Logo

धावनमार्ग पुगिसकेको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो



काठमाडौं, ११ माघ । काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ ।

उडानका लागि अनुमति पाएर धावनमार्गमा पुगिसकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘इन्डिकेशनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि सो जहाज उडानमा फर्कन्छ ।’

प्रतिक्रिया दिनुहोस्