Logo

धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गरिने



बिर्तामोड, वैशाख १९ । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १मा रहेको धिमाल वस्ती स्थित अदुवा खोला किनारलाई धार्मीक पर्यटकिय स्थलका रुपमा विकास गर्ने बताएकी छन् ।

चुनावी प्रचार अभियानका क्रममा आयोजना गरीएको कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले छठ पुजाको बेला ठाउँ नपुगेर विरिङ्गसम्म पुग्नु पर्ने बाध्यात्मक परिस्थिति रहेकाले यस स्थललाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्ने बताएकी हुन् ।

यहाँ देविको मन्दिर समेत रहेको छ । उम्मेदवार प्रसाईले मन्दिरको छेउमा तटवन्धन कार्य अधुरा रहेकाले यसलाई पनि आगामी दिनमा पुरा गर्ने प्रतिवद्वता जनाइन् । यस ठाउँको विकासको लागि पाथिभरा छठ पुजा समितिसंग छलफल गरेर व्यवस्थित गर्दैै अघि बढ्ने उम्मेदवार प्रसाईको भनाई छ ।

उम्मेदवार प्रसाईले सहिद नेत्र पार्क, विराटपोखरी लगायतका धार्मीक तथा पर्यटकिय स्तलहरुलाई विकास गर्दै लैजाने बताइन् ।

प्रतिक्रिया दिनुहोस्