मेचीनगर, १० असोज । मेचीनगरका युवाहरुले कपडा किन्न नसक्नेका लागि ‘क्लोथ बैंक’ अर्थात् कपडा घरको स्थापना गरेका छन् ।
मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा स्थापना गरिएको उक्त बैंकको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
नेपालीहरुको महान् चाड दशैंको अवसर पारेर गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको स्थानीय युवा श्रीजीतजंग ढुंगानाले जानकारी दिए ।

उनका अनुसारका हुनेले दिनु होला, आवश्यक परेमा लिनु होला भन्ने उद्देश्यले क्लोथ बैंकको स्थापना गरिएको बताए ।
यसैबीच क्लोथ बैंकलाई रोलिंक क्लब अफ धुलाबारी र अन्य विभिन्न व्यक्तिहरुले कपडा प्रदान गरेका छन् ।







