मेचीनगर, २० असार । मेचीनगरको धुलाबारीमा जीवन विकास लघुवित्त संस्थाले अधिकृत टेलर सदस्य (एटीएम)सञ्चालनमा ल्याएको छ ।
उक्त एटीएमको एक कार्यक्रमका बीच सोमबार मेचीनगर नगरपालिका वडा नं.७ का वडाध्यक्ष प्रल्हादमणी ओली र संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले संयक्त रुपमा उद्धघाटन गरेका थिए ।
जीवन विकास लघुवित्त संस्था इटाभट्टा शाखा कार्यालयले मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा एटीएम सञ्चालनमा ल्याएको हो ।
जीवन विकास लघुवित्त संस्था इटाभट्टा शाखा कार्यालय प्रमुख गायत्री पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१० वडा सदस्य विशाल कार्की, संस्थाका कर्मचारी, सदस्य तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त अवसरमा डिजिटल वित्तीय साक्षरता र व्यवसायी तथा संस्थाका सदस्यहरुलाई क्युआर कोड समेत प्रदान गरिएको थियो ।
सो अवसरमा इटाभट्टा शाखा कार्यालय प्रमुख पोखरेलले एटीएम सञ्चालनमा आएसँगै सदस्यहरुलाई नगद बोक्ने झन्झटबाट छुटकारा दिलाउनुका साथै सदस्यहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यले अधिकृत टेलर सदस्य सञ्चालनमा ल्याएको बताए ।
सो अवसरमा संस्थाका डिजिटल युनिट प्रमुख विजयकुमार मण्डलले अधिकृत टेलर सदस्यको बारेमा जानकारी गराउनुका साथै संस्थाले डिजिटल सेवा अन्तरगत प्रदान गरिरहेको सेवाको बारेमा सहजीकरण गरेका थिए ।
सो अवसरमा मन्तव्य राख्दै संस्थाका सिइओ मण्डलले नगदरहित बैकिंग सेवाको विकास र प्रर्वद्धनका लागि वित्तीय संस्थाले सदस्यहरुलाई डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्दै ग्रामीण क्षेत्रमा सरल र सहज ढंगले वित्तीय सेवा विस्तार गर्न टोलटोलमा अधिकृत टेलर सदस्य सञ्चालनमा ल्याएको बताए ।
उक्त अवसरमा मेचीनगर नगरपालिका वडा नं.७ का वडाध्यक्ष प्रल्हादमणी ओली, मेचीनगर नगरपालिका वडा नं.१० वडा सदस्य विशाल कार्की, समाजसेवी धर्मराज भटटराई लगायतले आ- आफना धारणा राखेका थिए ।
इटाभट्टा शाखा कार्यालय प्रमुख गायत्री पोखरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख रञ्जना निरौलाले गरेकी थिइन् ।