Logo

धुलाबारी जेसिजको अध्यक्षमा राजवंशी, जुनियरको अध्यक्षमा पौडेल



मेचीनगर, २४ पुस । धुलाबारी जेसिजको अध्यक्षमा योगेश राजवंशी चयन भएका छन् ।

शनिबार सम्पन्न धुलाबारी जेसिजको वार्षिक साधारणसभाले राजवंशीलाई वर्ष २०२३ का लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै जेसिजको कार्यकारीणी उपाध्यक्षमा भुमि पौडेल र मञ्जील रसाइली चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा सुलभ भण्डारी, आशिस पौडेल, शिशिर पोखरेल र श्याम सिवाकोटी चयन भएका हुन् ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष राजवंशीले शनिबार नै महासचिवमा मनोज ढकाल, कोषाध्यक्षमा डिल्लीराम भण्डारी, सह-सचिवमा शैलेश गौतम, कानूनी सल्लाहाकारमा खेमराज निरौला, तालिम संयोजकमा विकास खड्का, जनसम्पर्क अधिकारीमा निश्चल पौडेल र मिडिया कोर्डिनेटरमा बिनिता गौतमलाई मनोनयन गरेका छन् ।

त्यसैगरी धुलाबारी जुनियर जेसिजको अध्यक्षमा आर्यन पौडेल चयन भएका छन् ।

शनिबार नै सम्पन्न धुलाबारी जुनियर जेसीजको वार्षिक साधारणसभाले जेसिजको कार्यकारीणी उपाध्यक्षमा विवश न्यौपाने र राहुल रोनियार चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा अभिषेक शाह, मदन चिमरिया, हिमाल राजवंशी र मञ्जिल लावती चयन भएका धुलाबारी जुनियर जेसिजका पूर्व अध्यक्ष शैलेश गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्