मेचीनगर, १७ माघ । धुलाबारी जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
धुलाबारी टाउनहलमा आइतबार धुलाबारी जेसीजको ४३ औं पद हस्तान्तरण र जुनियर जेसीजको ५औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
वर्ष २०२० का अध्यक्ष सागर खनाल निर्वाचन आयुक्त रहेको निर्वाचन समितिबाट सञ्चालित निर्वाचन प्रक्रियाबाट सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी चयन भएका हुन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्ष भुमि पौडेल र मन्जील रसाइली, उपाध्यक्षमा आशिष पौडेल, शिशिर पोख्रेल, सुलभ भण्डारी र श्याम सिवाकोटी रहेका छन् ।
त्यस्तै अध्यक्ष राजवंशीबाट मनोनित हुनेहरुमा महासचिवमा मनोज ढकाल, कोषाध्यक्षमा डिल्लीराम भण्डारी, कानुनी सल्लाहकारमा खेमराज निरौला, सह सचिवमा शैलेस गौतम, तालिम संयोजकमा विकाश खड्का, सञ्चार संयोजकमा विनिशा शर्मा र जनसम्पर्क अधिकारीमा निञ्चल पौडेल रहेका छन् ।
साथै वर्ष २०२२ का अध्यक्ष रविन पाठकले निर्वाचित अध्यक्ष योगेश राजवंशीलाई सपथ गराएका थिए भने निर्वाचित अध्यक्ष राजवंशीले आफ्नो बोर्ड तथा मनोनित पदाधिकारीलाई सपथ गराएका थिए ।
त्यस्तै, धुलाबारी जुनियर जेसीजको अध्यक्षमा आर्यन पौडेल चयन भएका छन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा विवश न्यौपाने, राहुल रौनियार, उपाध्यक्षमा हिमाल राजवंशी, मंजील लावती, मदन चिमरिया र अभिशेक शाह रहेका छन् ।
त्यस्तै अध्यक्षले मनोनित गरेका पदमा महासचिवमा रुक्सना शिवाकोटी, कोषाध्यक्षमा विष्णु चिमरीया, कानुनी सल्लाहकारमा सृजित ढुङ्गाना, सहसचिवमा स्वस्तिका चिमरिया, तालिम संयोजकमा राकेश शाह, सञ्चार संयोजकमा सुस्मा तामाङ, जनसम्पर्क अधिकारीमा पुजा अधिकारी, फेलोसिप संयोजकमा श्रेया खतिवडा र पुनर्मिलनमा संयोजक विशाल चौधरी रहेका छन् ।
झापा क्षेत्र नं.१ का सासंद विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको विशिष्ठ अतिथी नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष (धुलाबारी शाखा निरुपित) सिनेटर अनुप सुनुवार, नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष चरण प्रसाई, नेपाल जेसिज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, मेचीनगर लेडि जेसिजका संस्थापक अध्यक्ष कविता शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका संयोजक आशिष पौडेलले स्वागत गरेको कार्यक्रममा मिसन भिजन र आस्था वाचन शैलेस गौतमले गरेका थिए ।






