Logo

धुलाबारी महाेत्सव असाेज २६ देखि हुने



मेचीनगर, २१ असोज । झापाको मेचीनगरमा ‘धुलाबारी महोत्सव २०८०’ हुने भएको छ ।

मेची चेम्बर अफ कमर्सको आयोजनामा यही असोज २६ गतेदेखि कात्तिक १५ गतेसम्म धुलाबारी कोलेनीमा महोत्सव आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

महोत्सव सञ्चालन गर्न स्थानीय रोलिङ क्लबको विशेष सहयोग रहने बताइएको छ । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ ।

पर्यटन प्रबर्द्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको संस्थाका महासचिव प्रकाश खड्काले बताए ।

त्यस्तै, प्रत्येक दिन राष्ट्रियस्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मिणा आचार्यले जानकारी दिइन् ।

महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँचवटा स्टलहरु विभिन्न संघसंस्थालाई नि:शुल्क उपलब्ध गराइनेछ ।

महोत्सवमा १० वर्षमुनिका बालबालिकालाई प्रवेश नि:शुल्क गरिएको छ भने ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने र प्रवेश शुल्क १०० र २०० राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्