लमजुङ, १५ असोज । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलीय गठबन्धनले निश्चित गरेको बताएका छन् ।
प्रेस सेन्टर लमजुङले शुक्रवार लमजुङ कृषि क्याम्पस सुन्दर बजारमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आपसमा सहकार्य गरी जानेबारेमा पाँच दलीय गठबन्धनले निश्चित गरिसकेको बताएका हुन् ।
प्रत्यक्षतर्फका उम्मेदवारको सन्दर्भमा धेरैजसो सिटमा सहमति जुटिसकेको उनले दाबी गरेका हुन् ।







