Logo

धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने



काठमाडौँ, १३ जेष्ठ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिइन् ।

बिहीबार पनि दिउँसोपछि काठमाडौँ उपत्यकालगायत धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भएको थियो ।

यसैबीच, प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । अब मनसुन सुरु हुने बेलासम्मकै मौसम यस्तै रहने मौसमविद् हिरा भट्टराईले बताइन् । सामान्यतया नेपालमा जुनको पहिलो दोस्रो हप्तामा मनसुन भित्रन्छ ।

पोहोर मनसुनी अवधिको समय परिमार्जन गरिएको थियो । त्यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने समय तोकिएको थियो। तर, पोहोर त्यसलाई परिमार्जन गरेर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने मिति तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्