काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ ।
धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो । त्यससँगै महानगरका मेयर बालेन साहको चर्को आलोचना समेत भएको थियो ।
जसलाई छानबिन गरी कारबाही स्वरुप सो रकम तिराएको मेयर बालेन साहले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।







