Logo

धोबीखोला किनारकाे संरचनामा महानगरको डोजर



काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ ।

बुधवार काठमाडौँ महानगरपालिकाले डोजर चलाएर धोबीखोला किनार क्षेत्रमा निर्माण गरिएका संरचनाहरू भत्काएको हो । महानगरले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूको भागाभाग भएको थियो ।

महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको बेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ । अहिले त्यस क्षेत्रका व्यवसायीले सामान ओसार्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्