Logo

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान: पोखरेल



काठमाडौँ, १ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान भएको बताएका छन् ।

राष्ट्रिय युवा संघले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानव बेचबिखनमा मुलुकको नाम जोडिनु अन्तर्राष्ट्रिय जगतमा नै लज्जास्पद भएको बताए ।

उनले उक्त प्रकरणमा बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ गर्ने काम भएकाले त्यसप्रति सचेत हुन जरुरी रहेको पनि बताए । एमाले नेतृत्वको सरकार भएका बेलमा बाँकी रहेका भुटानी शरणार्थीका विषयमा कार्यदल बनाइएको र कार्यदलले बनाएको प्रतिवेदनमाथि जालसाझी गरिएको पोखरेलले जिकिर गरेका थिए ।

पोखरेलले शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्न एमाले तयार रहेको भन्दै उनले अहिलेको सत्ता पक्ष पनि तयार हुनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्