Logo

नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान निष्पक्ष हुनुपर्छ: थापा



काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन्  ।

मङ्गलवार विज्ञप्ति निकालेर महामन्त्री थापाले यस प्रकरणमा पक्राउ परेकाहरूकाे जिम्मा पार्टीले लिन नहुने बताए ।

महामन्त्री थापाले गम्भीर आराेप लागिसकेपछि मुद्दाकाे अन्तिम किनारा नलागेसम्म सम्बन्धित व्यक्ति पार्टीकाे जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाकाे भारी पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो-अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नु हुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानुनी प्रक्रियाबाट हो । यति गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वत: पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ ।’

महामन्त्री थापाले पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका भन्दै गलत परम्परा तोडिनुपर्ने र परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न नसक्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्