Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ



काठमाडौँ, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले बिहीवार सिंहदरबारबाट पक्राउ गरेको छ ।

नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार शरणार्थीको नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्