Logo

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्णरूपमा सहयोग गर्छ: भट्टराई



काठमाडौँ, १० जेठ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्णरूपमा सहयोग गर्ने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई भनिसकेको भन्दै एमालेले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

उनले पार्टीकै अन्य नेताहरूको नाम आएपनि प्रहरी बोलाए बयानका लागि जानुपर्ने जिकिर गरेका थिए । भट्टराईले कसैले भनेकै भरमा दोषी कायम नहुने भन्दै आफ्नो नाम परेपनि बयानका लागि जाने बताए ।

प्रतिक्रिया दिनुहोस्