काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केही भन्नुहुन्छ मिडियालाई? भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफू संलग्न नभएको प्रतिक्रिया दिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।







