पोखरा, ४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी कास्कीले बिहीवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले शरणार्थी प्रकरणमा जोडिएकालाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले एमालेले शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाही गरे पनि कांग्रेसले संरक्षण गरेको आरोप समेत लगाए । उनले भ्रष्टाचार जुनसुकै तहबाट भए पनि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने बताएका हुन् ।
चितवन र तनहुँको मतपरिणामले वर्तमान गठबन्धनको विकल्प एमाले होइन रहेछ कि भनेर सोच्न बाध्य बनाएको ज्ञवालीले बताए । यस्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई गम्भीरतापूर्वक हेरेको तर नझस्किएको बताएका छन् ।
उनले असन्तृष्टि ‘क्यास’ गरे जस्तो राजनीतिमा दीर्घकालसम्म टिक्न सहज नभएको पनि बताए ।







